NarayaniPost.com
बुधबार, फाल्गुन २, २०८०

१४ जनप्रतिनिधिसहित २९ जना निर्वाचित पदाधिकारीले त्यागे माओवादी केन्द्र

नारायणी पोस्ट
शनिबार, असार १२, २०७८

२०७८ असार १२ गते

काठमाडौं : १४ जनप्रतिनिधिसहित २९ जना निर्वाचित पदाधिकारीले हालसम्म नेकपा माओवादी केन्द्र छाडिसकेका छन्। जसमा २ राष्ट्रियसभा सदस्य, ४ प्रतिनिधिसभा सदस्य, ९ जना प्रदेशसभा सदस्य रहेका छन्।

त्यस्तै, २ नगरपालिका प्रमुख, पाँच उपप्रमुख, एक–एक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा ४ वडाध्यक्ष र एक नगर कार्यपालिकाका सदस्यले माओवादी केन्द्र परित्याग गरेका छन्। त्यसैबीच, माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

माओवादी केन्द्रले कारबाही गरी पार्टी त्याग गरेको निर्वाचन आयोगमा लिखित निवेदन दिएपछि दुई जना नगरपालिका प्रमुख, पाँच जना उपप्रमुख, एक–एक गाउँपालिका अध्यक्ष्य उपाध्यक्षसहित १४ जनप्रतिनिधिको पद गएको हो। निर्वाचन आयोगले १४ जनप्रतिनिधिको दल त्याग गरेको र उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ। पदमुक्त हुनेमा ७ जना त रौटहट जिल्लाकै छन् भने ४ जना कैलालीका छन्।

रौतहट मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी पत्नी हुन्। प्रभु साह पनि माओवादी केन्द्र छाडेर एमालेमा गएकाले माओवादी केन्द्रले सांसद पद हटाएको थियो। रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नगरपालिकाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ। प्रमुख रीनाकुमारी र उपप्रमुख गौरीशंकर प्रसादको मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको छ।

महोत्तरी साम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ। सिरहा नगरपालिका नगर कार्यपालिका सदस्य सतमलीला दास ताती, ओखलढुंगा चम्पादेवी गाउँपालिका– ७ वडाध्यक्ष सुरेशकुमार थापा, कैलाली गौरीगंगा नगरपालिका–४ का वडाध्यक्ष भागरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगपालिका–४ का वडाध्यक्ष पुरनसिंह बीसी पदमुक्त भएका छन्।

यसअघि पनि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्य गरी झन्डै दुई दर्जन जनप्रतिनिधिले माओवादी केन्द्र परित्याग गरिसकेका छन्। राष्ट्रियसभाका सांसद रामबहादुर थापा र चन्द्रबहादुर खड्काले माओवादी छोडेका कारण पद गुमाएका छन्। थापा र खड्काको स्थानमा नयाँ निर्वाचन पनि भइसकेको छ। एमालेबाट उनीहरू दुवै निर्वाचन सहभागी भए पनि पराजित भएका छन्।

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले माओवादी छोडेका छन्। सुदूरपश्चिमका झपडबहादुर बोहरा, कर्णाली प्रदेशका धर्मराज रेग्मी, लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थी, प्रदेश नम्बर दुईका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी शाह र मोहम्मद समीरको पनि सांसद पद गुमेको थियो। प्रदेश नम्बर १ का टंक आङबुहाङले पनि माओवादी केन्द्र छोडेका छन्। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पद त्याग गरी उनीहरूको स्थान रिक्त भए पनि निर्वाचन भएको छैन। २३ जना माओवादी केन्द्र त्याग गरेकालाई एमाले केन्द्रीय सदस्य बनाइसकिएको छ। केन्द्रदेखि प्रदेश जिल्लासम्मै पछिल्लो समयमा ठूलो सख्यामा नेता कार्यकर्ताले माओवादी केन्द्र छोडेका छन्।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram