NarayaniPost.com
बिहिबार, फाल्गुन ३, २०८०

प्रधानमन्त्री : ‘मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न ?’

नारायणी पोस्ट
सोमवार, असार १४, २०७८

२०७८ असार १४ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभयो ।

‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे’ उहाँले भन्नुभयो, ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ?’ माधव नेपालले आफैँले आफ्नो मत्ता बढाएको उहाँको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई शेरबहादुर देउवा र पुष्पकमल दाहालका मामुली कार्यकर्ता भएको टिप्पणी गर्नभयो । माधव नेपाल प्रचण्डको पुच्छर भएको भन्दै कटाक्ष गर्नुभएका ओलीले प्रचण्डले छिनछिनमा रङ फेरेर छेपारोलाई पनि फेल गराएको आरोप लगाउनुभयो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram