NarayaniPost.com
सोमवार, माघ २२, २०८०

अदालतबाट सांसदले हस्ताक्षर फिर्ता लिन मिल्दैन : वरिष्ठ अधिवक्ता कार्की

नारायणी पोस्ट
सोमवार, असार २१, २०७८

२०७८ असार २१ गते

२१ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटबाट सांसदले हस्ताक्षर फिर्ता लिन नमिल्ने बताएका छन् ।

सोमबार रिट निवेदकको तर्फबाट जवाफी बहसमा आएका उनले सरकार गठन नहुँदासम्म देउवालाई समर्थन गरेका सांसदहरुले हस्ताक्षर फिर्ता लिन नमिल्ने बताएका हुन् ।

‘अदालतले जो जसले यहाँ हस्ताक्षर गरेका छन्, तिनलाई सरकार बनाउँदासम्म तिमीले यो फिर्ता लिन पाउँदैनौं भन्नुपर्छ । तिमीले अदालतलाई मजाकका रूपमा लिन पाउँदैनौं भनेर भन्नुपर्छ’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दिने एमालेका सांसदहरुलाई हस्क्षर फिर्ता लिन अल्टिमेटम नै दिएका छन् । तर वरिष्ठ अधिवक्ता कार्कीले देउवालाई धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा समर्थन गर्ने सांसदले प्रतिनिधिसभामा विश्वासको मतमा मतदान नहुँदासम्म हस्ताक्षर फिर्ता लिन मिल्दैन भनी अदालतले आदेश दिनुपर्ने पनि बताए । ‘भोलि संसदमा फ्रि भोटिङ हुन्छ र त्यसैका लागि यो व्यवस्था राखिएको हो भन्नुपर्छ’ उनले भने ।

१४६ सांसदले अदालतमा रिट दिनुले संसदबाट वैकल्पिक सरकार बन्न सक्छ भन्ने पुष्टि भएको पनि वरिष्ठ अधिवक्ता कार्कीले बताए । ‘यही हो वैकल्पिक सरकारको आधार । ७६(५) ले फ्रि भोटिङलाई मान्यता दिएको छ । र अब अदालतले भन्नुपर्छ- ७६(५) मा दलीय ह्वीप लाग्दैन र ७६(५) को प्रधानमन्त्रीले विश्वासको मत लिने बेलासम्म सांसदहरुले फ्रि भोटिङ गर्न सक्छन् । त्यसपछि दलहरूको आफ्ना कुरा हुन्छन्’ उनले भने ।

महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउमा बहस गर्दा देउवाले राष्ट्रपति कार्यालयमा पेश गरेको पत्रमा नै प्रश्न उठाएका थिए । तर कार्कीले राष्ट्रपति कार्यालयले लिखित जवाफमा यस्ता विषय उल्लेख नगरेकाले महान्यायाधिक्ताले प्रश्न उठाउनु जायज नभएको बताए ।

उनले धारा ७६ (५) मा सांसदले स्वतन्त्र रुपमा प्रधानमन्त्री चयन गर्ने व्यवस्थालाई निर्दलीय भनेकामा पनि कार्कीले प्रश्न उठाए । उनले संविधान बनाउने बेलामा नै संसद जोगाउन संसदको विशेषाधिकारको व्यवस्था गरिएको दावी गरे ।

‘संविधान बनाउनेमा उहाँहरु पनि हुन्, कि संविधान बनाउने बेलामा जानिएन भन्नुपर्‍यो या अहिले जानीजानी अनावश्यक तर्क गरिरहेका छन्’ कार्कीले भने ।

वरिष्ठ अधिवक्ता कार्कीले धारा ७६ (५) को व्यवस्था केपी शर्मा ओलीका लागि नभएको बताए । विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि ओलीले दावी गर्न नमिल्ने उनको भनाइ छ ।

‘उहाँले ३ जनाको हस्ताक्षर लिएर १५३ जनाको समर्थन छ भनेर जानुभयो । यो उहाँका लागि थिएन । आफूलाई नभएको ठाउँमा निवेदन लिएर जानुभयो । त्यसलाई मान्यता नदिएर १४९ सांसदको हस्ताक्षर लिएर गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्थ्यो । त्यहाँ गम्भीर संवैधानिक त्रुटि भयो । त्यसकारण रिट जारी हुनुपर्छ, परमादेश जारी हुनुपर्छ उनले भने ।

धारा ७६ (५) को सरकार गठनका लागि अर्को दलको नेतालाई समर्थन गर्दा ह्वीप लाग्ने वा नलाग्ने विषय राष्ट्रपतिको चासोको विषय नहुने वरिष्ठ अधिवक्ता कार्कीले बताए ।

‘पार्टी ह्वीप लाग्छ कि लाग्दैन, दलहरूले कारबाही गर्छन् कि गर्दैनन् भन्ने राष्ट्रपतिले चासो दिने विषय होइन । राष्ट्रपतिले असम्बन्धित कुराहरु कारणमा राखेको हुनाले राष्ट्रपतिको काम संविधान भन्दा बाहिर गयो’ उनले भने ।

‘राष्ट्रपतिको निर्णय अधिकार क्षेत्र भन्दा बाहिर गएको छ भने परमादेश जारी किन नहुने ?’ कार्कीले अघि भने ।

स्रोत : अनलाइनखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram