१३ भाद्र २०७८
काठमाडौं - पोखराका चर्चित पर्यटन व्यवसायी तथा पूर्व उपमेयर गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पोखरा महानगरपालिकाको भावी मेयरको रुपमा हेरिएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनिहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईका साथै धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, ई. विकास भट्टराई, ई. विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ्ग र अमृत ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।