NarayaniPost.com
शनिबार, माघ २०, २०८०

हालसम्म ४३ लाख ९६ हजार ४०२ जनाले पूर्ण रुपमा कोरोना विरुद्धको खोप लगाए

नारायणी पोस्ट
मङ्लबार, भदौ १५, २०७८

२०७८ भदौ १५ गते

काठमाडौं । हालसम्म देशभर ५३ लाख १७ हजार बढीले कोरोना विरुद्धको पहिलो मात्रामा खोप लगाइसकेका छन् ।

जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुलुक भर ५३ लाख १७ हजार ४८३ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् भने ४३ लाख ९६ हजार ४०२ जनाले पूर्ण रुपमा कोरोना विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटले यस्तो देखाएको हो ।

हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जेन्सोन एण्ड जेन्सोन, अस्ट्राजेनिका खोप प्रयोगमा आईसकेका छन् । यी खोपहरु मध्ये पछिल्लो ७२ घण्टामा अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा १३ हजार २११ जनाले लगाएका छन् भने दोस्रो मात्राको खोप ३९ हजार ६७५ जनाले लगाएका हुन् ।

यस्तै, सोही अवधीसम्म भेरोसेलको पहिलो मात्रा लगाउने २ लाख ४० हजार ७५० तथा दोस्रो मात्रा लगाउने ३ लाख ७४६ जना रहेका छन् । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको संख्या ३ हजार २१६ रहेको छ ।

देशभर अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्राको खोप लगाउनेको संख्या २० लाख ६४ हजार २८८ रहेको छ भने दोस्रो मात्राको खोप लगाउने १० लाख ९९ हजार ४५३ रहेको छ ।

यस्तै, भेरोसेलको पहिलो मात्राको खोप लगाउनेको कुल संख्या ३२ लाख ५३ हजार १९५ तथा दोस्रो मात्रा लगाउनेको संख्या १९ लाख ४५ हजार ९८४ रहेको छ ।

यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको कुल संख्या १३ लाख ५० हजार ९६५ रहेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram