NarayaniPost.com
शनिबार, साउन ६, २०८०

‘हिँड्दा हिँड्दै’ को छायाँकन सकियो

नारायणी पोस्ट
बुधबार, भदौ १६, २०७८

२०७८ भदौ १६ गते

काठमाडौं । प्रेमकथामा निर्माण भएको फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन सकिएको छ । निषेधाज्ञाका कारण छायाँकन रोकिएको फिल्मका केही दिन अगाडि छायाँकन सुरु भएको थियो । सोमबार लमजुङमा फिल्मको अन्तिम दृश्यको छायाँकनसँगै फिल्म सकिएको हो । फिल्म सकिएपछि निर्माण युनिट समेत काठमाडौ फर्किएको छ ।

सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मका निर्देशक मिलन आले मगर हुन् । आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको अभिनय फिल्म रहेको छ । प्रस्तुतकर्ता पंगेनीले फिल्म लेखेका हुन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको व्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ हुन् । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्मका गीतमा वसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी नृत्य छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram