NarayaniPost.com
मङ्लबार, फाल्गुन १, २०८०

संसारको सबैभन्दा सुन्दर लामखुट्टे

नारायणी पोस्ट
आइतवार, भदौ २०, २०७८

२०७८ भदौ २० गते

काठमाडौं । लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ लामखुट्टेलाई सुन्दर भन्न सकिन्छ । साबेथेस क्यानियस लामखुट्टेको यस्तो प्रजाति हो जसलाई ‘आई क्याचिङ’ भन्न मिल्छ ।

मध्य र दक्षिण अमेरिकाको ट्रपिकल फरेस्टमा पाइने साबेथेस लामखुट्टेको एउटा यस्तो प्रजाति हो जुन निलो रङ र प्वाङजस्तो पेडलका लागि परिचित छ । यो लामखुट्टेको प्रजाति असाध्यै चञ्चल हुने र यसको फोटो खिच्न पनि असाध्यै गाह्रो हुने बताइन्छ ।

‘यो लामखुट्टेले सानोभन्दा सानो आवाज र प्रकाशमा पनि प्रतिक्रिया दिन्छ,’ वाइल्डलाइफ फोटोग्राफर गिल वाइजेनले बीबीसीलाई भने ।

‘यसको अर्थ तपाईं यसको फोटो खिच्दै हुनुहुन्छ भने नचलिकन बस्नुपर्छ र फ्ल्याश प्रयोग गरेको खण्डमा लामखुट्टे भाग्छ भनेर पनि बुझ्नुपर्छ । तर भाग्यवश, तपाईंको अगाडि एउटै मात्र लामखुट्टे भने हुँदैन किनभने तपाईंको टाउको माथि दर्जनौं लामखुट्टे घुमिरहेका हुन्छन् ।’

साबेथेस लामखुट्टेको सबैभन्दा मुख्य आकर्षण भनेको यसको बीचको खुट्टा हो । तर यसको काम के हो भनेर वैज्ञानिकले अझै पत्ता लगाउने कोसिस गरिरहेका छन् ।

संसारभरीका ३,३०० प्रजातिका लामखुट्टेमध्ये पोथी लामखुट्टेले मात्रै रगत चुस्छ । त्यो पनि अण्डा उत्पादनका बेला मात्रै । त्यसबाहेकको समयमा उसले फूल इत्यादिबाट आफ्नो आवश्यकता पूरा गर्छ । जब उसले केही खान खोज्छ तब बीचको खुट्टा अगाडि सर्छ । उक्त खुट्टा निकै संवेदनशील भएका कारण थोरै हलचल हुने बित्तिकै उडिहाल्छ ।

यो यति सुन्दर भएपनि आखिर लामखुट्टे न हो, यसले डेंगुजस्ता विभिन्न रोग निम्त्याउने गर्छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram