NarayaniPost.com
शनिबार, माघ २०, २०८०

किन आउँछ स्ट्रेच मार्क ? हटाउने उपाय

नारायणी पोस्ट
सोमवार, भदौ २१, २०७८

२०७८ भदौ २१ गते

काठमाडौँ । बच्चा जन्माएपछि महिलाहरूलाई थपिने समस्यामध्ये एक हो, स्ट्रेच मार्क । यद्यपी गर्भावस्थाका महिलामा मात्रै नदेखिएर १५/१६ वर्षका किशोरीमा समेत स्ट्रेच मार्क देखिन्छ । स्ट्रेच मार्कका कारण महिलाहरू क्रप टप वा साडी लगायत भनेजस्ताे लुगा लगाउन पाउँदैनन् । स्ट्रेच मार्क्सले विभिन्न प्रकारको कपडा लगाउने स्वतन्त्रता हटाउँछ ।

स्ट्रेच मार्क विभिन्न कारणले आउने गर्दछ । जस्तै बढ्दो उमेर, गर्भावस्था, मोटोपना, कोर्टिसोन स्किन क्रीमको अधिक प्रयोग यो स्टेरोइड क्रीमको एक प्रकार हो, जुन खुजली र सूजनको लागि प्रयोग गरिन्छ। यौवन, कोलेजेन को असामान्य उत्पादन आदी कारणले गर्दा हाम्रो शरिरमा स्ट्रेच मार्क आउने गर्दछ । स्ट्रेच मार्क विशेष गरेर पेट, कम्मर, फिला छाती लगायतको भागमा आउने गर्दछ ।

खासगरी पेट, छाती, पाखुराको पछाडिपट्टि, खुट्टाको पछिल्लो भागमा राता र सेता धर्साहरू अर्थात् स्ट्रेच मार्क देखिने गर्छ । स्ट्रेच मार्क जुन अङ्गमा मासु बढी लागेको हुन्छ अर्थात् जुन अङ्गमा मासु जम्मा हुन्छ त्यहाँ बढी देखिने गर्छ । शरीरको वृद्धि विकास अर्थात् मोटाउँदा छाला तत्कन्छ, त्यसपछि स्ट्रेच मार्क देखिन्छ ।

स्ट्रेच मार्क कस्तो अवस्थामा आउँछ ?
–शरीरको वृद्धि विकास अर्थात् उमेरभन्दा चाँडै मोटाउँदा स्ट्रेच मार्क आउँछ ।
–मोटाइसकेपछि चाँडै दुब्लाउँदा स्ट्रेच मार्क आउँछ ।
—गर्भावस्थामा स्ट्रेच मार्क आउँछ ।

स्ट्रेच मार्कको रोकथाम कसरी गर्ने ?
– स्ट्रेच मार्क रोक्नका लागि नियमित शारीरिक अभ्यास गर्नुपर्छ । दैनिक व्यायाम, योगा अभ्यासले छालाको तन्कने क्षमतालाई विकास गर्छ ।
– स्वस्थकर खानामा बढी जोड दिनुपर्छ । जङ्कफुडहरू जस्तै आइसक्रिम, पिज्जा, बर्गरमा बढी चिल्लो र क्यालोरी हुने भएकाले चाँडै शरीरको वृद्धिविकास हुन्छ ।
– शरीरमा सकेसम्म नियमित मालिस गर्नुपर्छ । छालामा तेल, मोस्चाइजर, लोसन लगाउँदा छालाको तन्कने क्षमता बढ्छ । बडी मसाजले स्ट्रेच मार्क हुनबाट जोगाउँछ । सुख्खा छालाभन्दा तेलिय छालामा तन्कने क्षमता बढी हुन्छ ।
– शरीरमा स्ट्रेच मार्क रातो खालको आएको खण्डमा मलमहरू लगाएर कम गर्न सकिन्छ । रातो खालको स्ट्रेच मार्क भएकाहरूले ३ देखि ६ महिनासम्म औषधि अर्थात् मलम लगाएर कम अनि निको पार्न सकिन्छ ।
– स्ट्रेच मार्क सेतो भइसकेको अवस्थामा भने मलम अर्थात् क्रिमले निको पार्न सकिँदैन । सेतो भएको स्ट्रेच मार्कलाई विभिन्न प्रविधिहरूको प्रयोगबाट निको पार्न सकिन्छ ।
– स्ट्रेच मार्कको उपचार छोटो समयमा हुँदैन । यसको उपचारका लागि धैर्यधारण नगरेसम्म सम्भव हुँदैन । उपचारको लागि ६ महिनादेखि १ वर्षसम्म पनि लाग्न सक्छ ।

स्ट्रेच मार्क हटाउन घरेलु उपचारहरू मार्फत् पनि हटाउन सकिन्छ :

– घ्यु कुमारी
-भिटामिन ई क्याप्सुलहरू
एउटा ताजा एलोवेराको पातबाट एक कचौरा जेल निकाल्ने र त्यसमा भिटामिन इको क्याप्सुललाई मिक्स गरिदिने । उक्त जेल स्ट्रेच मार्क देखिएका भागमा लगाउदै विस्तारै मसाज गर्ने । र १० मिनेटपछि मनतातो पानीले धुने । यो प्रकिया दिनको एक वा दुई चोटी गर्ने । स्ट्रेच मार्क विस्तारै हराएर जान्छ ।
– क्यास्टर तेल

कसरी प्रयोग गर्ने ?
क्यास्टरको तेल गरम गर्नुहोस् ।
त्यसपछि हल्का हातले स्ट्रेच मार्कहरू मालिस गर्नुहोस् ।
सुत्नु अघि हरेक रातमा क्यास्टर तेल लगाउनुहोस् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram