NarayaniPost.com
मङ्लबार, साउन ३, २०७९

१४७ ग्राम ब्राउनसुगर र नगदसहित झापाबाट दुई युवा पक्राउ

नारायणी पोस्ट
मङ्लबार, अशोज १२, २०७८

२०७८ असोज १२ गते

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई १४७ ग्राम ब्राउनसुगर र रु दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०।५ मिलीग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलीग्राम ब्राउनसुगर बरामद भएको थियो । सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१ स्थितमा डेरा कोठामा जाँच गर्दा थप १४२ ग्राम ३७ मिलीग्राम ब्राउनसुगर, नगद रु दुई लाख ६९ हजार ३००, एक थान डिजिटल तराजु, एक थान क्यानोनको डिजिटल क्यामेरा र उनले चलाउँदै आएको प्र१–०१–०१२प ९५४५ नंको एफजेड मोटरसाइकलसमेत बरामद गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि इप्रका अनारमनी राखिएको छ भने झापा अदालतबाट म्याद थपको अनुमति लिएर कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram