NarayaniPost.com
शुक्रबार, माघ १९, २०८०

टी-२० विश्वकपमा भारतको पहिलो जित

नारायणी पोस्ट
बिहिबार, कार्तिक १८, २०७८

२०७० कार्तिक १८ गते

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा भारतले पहिलो जित हात पारेको छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत बुधबार भएको सुपर १२ को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हरायो ।

जितपछि भारत तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । यसअघि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले पहिलो जितपछि अंकको खाता खोलेको हो । पहिलो जितपछि भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।

चार खेलमा दोस्रो हार बेहोरेको अफगानिस्तान चार अंकसहित तेस्रो स्थानमा छ । अफगानिस्तानले अब न्युजिल्याण्डसँग खेल्न बाँकी छ ।

भारतले दिएको २११ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।

अफगानिस्तानका लागि करिम जन्नतले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान मोहम्मद नावीले ३५ रन जोडे ।

भारतका मोहम्मद शामीले तीन, रवीचन्द्रन आश्विनले दुई तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्मा र केएल राहुलको अर्धशतक मद्दतमा दुई विकेट गुमाएर २१० रन बनाएको थियो । पहिलो विकेटका लागि रोहित र राहुलले १४० रनको साझेदारी गरेका थिए ।

रोहितले ४७ बल खेल्दै ८ चौका र ३ छक्का मद्दतमा ७४ रन बनाए । यस्तै राहुलले ४८ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए । यस्तै हार्किक पाण्ड्य र ऋषभ पन्तले पनि आक्रमक ब्याटिङ गर्द अविजित ६३ रनको साझेदारी गरे । हार्दिकले अविजित ३५ र पन्तले अविजित २७ रन बनाए । दुवैले समान १३ बल खेलेका थिए । हार्दिकले चार चौका र दुई छक्का प्रहार गरे । पन्तले एक चौका र तीन छक्का प्रहार गरे ।

अफगानिस्तानका करिम जन्नत र गुल्बादिन नइबले एक-एक विकेट लिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram