NarayaniPost.com
बिहिबार, फाल्गुन ३, २०८०

तीन किलो गाँजासहित १३ जना पक्राउ

नारायणी पोस्ट
बुधबार, मंसिर २९, २०७८

२०७८ मंसिर २९ गते

काठमाडौं । पोखरा महानगरपालिका–३२ मझुवाबाट करिब तीन किलोग्राम गाँजासहित धादिङ निलकण्ठ नगरपालिका–४ खानीगाउँका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा४ख १६३८ नम्बरको माइक्रोबसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मंगलबार दिउँसो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, बाँके नेपालगन्ज उपमहानगरपालिका– १५ जमुन्हाबाट ५५ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुल्सीपुर नगरपालिका(१४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँके राप्ती सोनारी गाउँपालिका बस्ने ३२ वर्षीय सुबास बिक छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई हेरोइनसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरबाट खटिएको प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये तुलसीपुर उपमहानगरपालिका–१ भम्के बस्ने २२ वर्षीय विनोद भण्डारी समेत चार जना, सोही उपमहानगरपालिका(५ आलुमण्डीमा ५४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय अमर गन्धर्व सहित चार जना २१० मिलिग्राम र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत दुई जना ९४० मिलिग्राम ब्राउनसुगरसहित फेला परेका हुन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram