NarayaniPost.com
बिहिबार, मंसिर १, २०७९

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

नारायणी पोस्ट
मङ्लबार, पुस २७, २०७८

२०७८ पुष २७ गते

न्युयोर्क । अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् । प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो ।

प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन् । ‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन,’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए, ‘अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो । तर मैले अन्तिम विकल्प रोजे । ’

शल्यक्रिया पुरा गर्न युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकी मेडिकल नियामक निकायले एउटा विशेष छुट दिएको थियो, ताकी बेन्निट बाँच्न सकून । उनको स्वास्थ्य अवस्था कमजोर भएकोले उनलाई मानव अंग प्रत्यारोपण गर्न असम्भव देखिएको थियो ।

प्रत्यारोपणमा सफलतासँगै वर्षौंसँग त्यसबारे अध्ययन गरेका मेडिकल टिममा थप हौसला बढेको छ र यसले विश्वभर मानिसहरुको जीवनलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ । एजेन्सी

आन्य समाचारहरु:-
November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram