NarayaniPost.com
मङ्लबार, फाल्गुन १, २०८०

पीएम कप: कर्णाली प्रदेशको पहिलो जित

नारायणी पोस्ट
मङ्लबार, पुस २७, २०७८

२०७८ पुष २७ गते

काठमाडौं । प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १७ ओभर ५ बलमा ८९ रनमा अल आउट भएपछि कर्णालीले दोस्रो खेलमा पहिलो जित पाएको हो । यसअघि पहिलो दिन कर्णाली आर्मीसँग पराजित भएको थियो ।

कर्णालीविरुद्ध प्रदेश एकका फिरदोस अन्सारीले सर्वाधिक २३ रन बनाए । यस्तै दिपेश कँडेल र श्रवण यादवले समान १४ रन बनाउँदा कप्तान सिद्धान्त लोहनीले १४ रनको योगदान गरे ।

प्रदेश १ लाई सस्तैमा समेट्न कर्णालीका अनुज चुनराले सर्वाधिक चार विकेट लिए । यस्तै दिवान पुनले दुई विकेट लिँदा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुवँरले समान एक विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२० रन बनाएको थियो ।

कर्णालीका लागि कप्तान तथा ओपनर ब्याटर रवीन्द्र शाहीले सर्वाधिक ३६ रन बनाए । यस्तै प्रकाश जौशीले २५ रन बनाउँदा राज शाहले १५ र विपीन रावलले ११ रनको योगदान दिए ।

यता, प्रदेश एकका मुकुन्द यादवले तीन विकेट लिँदा फिरदोश अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले समान एक विकेट लिए । जितसँगै समूह ए बाट कर्णालीले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णाली तेस्रो स्थानमा छ । दुई खेलबाट दुई जित सहित चार अंक बनाएको पुलिस पहिलो र आर्मी दोस्रो स्थानमा छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram