NarayaniPost.com
शुक्रबार, माघ २६, २०८०

चीनको शून्य कोभिड नीति, करिब २ करोड घरमै बस्न बाध्य

नारायणी पोस्ट
बिहिबार, पुस २९, २०७८

२०७८ पुष २९ गते

काठमाडौं । चीनले कोरोना नियन्त्रणका लागि शून्य कोभिड नीति अवलम्वन गरेको छ । यसलाई कार्यान्वयनमा ल्याउन चिनियाँ सरकारले सर्वसाधारणलाई पूर्ण नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको छ । यसको एक उदाहरण शांक्सी प्रान्तको शियान सहरमा देखिएको छ । यहाँ मानिसलाई क्वारेन्टिनमा राख्न फलामको बाकस समेत बनाइएको छ ।

डेली मेलको रिपोर्ट अनुसार गर्भवती महिला, बच्चा र बूढापाकालाई समेत यी बाकसभित्र राख्न बाध्य बनाइएको छ । राती पनि मानिसलाई उनीहरुको घरबाट निकालेर क्वारेन्टिन सेन्टरमा पठाइएको छ ।

२ करोड मानिस घरमै कैद

चीनमा ‘ट्रयाक–एन्ड–ट्रेस’ रणनीतिका अनुसार पोजिटिभको सम्पर्कमा आउने मानिसलाई पत्ता लगाएर उनीहरुलाई क्वारेन्टिन सेन्टरमा पठाइन्छ । हाल पनि २ करोड मानिसलाई उनीहरुकै घरमा कैद गरेर राखिएको छ । यी मानिसलाई खानेकुरा किन्न बाहिर जाने अनुमति समेत दिइएको छैन ।

बेइजिङमा शीतकालीन ओलम्पिकको तयारी

चीन आगामी महिना बेइजिङमा हुन गइरहेको शीतकालीन ओलम्पिकको तयारी गरिरहेको छ । यसै कारणले पनि चीनले आम नागरिकलाई धेरै कडाइ गरिरहेको छ । कयौँ स्थानमा त सोशल मिडियाको माध्यमबाट सहयोग मागिँदै आएको छ ।

२ ओमिक्रोन संक्रमित फेला परेपछि ५५ लाख घरमै कैद

कोरोना नियन्त्रणका लागि चीन सरकार यती कडाई गर्दैछ कि अनयांग सहरमा २ ओमिक्रोन फेला परेपछि लकडाउन नै लगाइएको छ ।

यो सहरको जनसंख्या ५५ लाख छ । यस भन्दा पहिले १ करोड ३० लाख जनसंख्या भएको शीआन सहर र ११ लाख जनसंख्या भएको युुझोउ सहरमा लकडाउन गरिसकेको छ । चीनमा अब कुुल १.९६ करोड जनसंख्या लकडाउनमा छ । ठूलो परिमाणमा कोभिड परीक्षणका लागि यो लकडाउन लागू गरिएको हो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram