NarayaniPost.com
आइतवार, माघ २१, २०८०

हालसम्म १३७ युक्रेनीको मृत्यु‚ चेर्नोबिल कब्जा गरिसकेको दाबी

नारायणी पोस्ट
शुक्रबार, फाल्गुन १३, २०७८

काठमाडौँ — रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।

त्यस्तै रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिले पुनः सोभियत संघ ब्युँताउन चाहेको आरोप लगाएका छन् ।

रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा हमला गरेपछि त्यहाँको चेर्नोबिल न्युक्लियर प्लान्टसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले बताएका छन् ।

राष्ट्रपति जोलेन्स्कीले सन् १९८६ मा न्युक्लियर प्लान्ट विस्फोट हुँदा थुप्रै युक्रेनीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै त्यसलाई दोहोरिन नदिने बताएका थिए । स्विडेनका प्रधानमन्त्रीलाई यसबारेमा जानकारी गराइएको उल्लेख गर्दै उनले भनेका थिए, 'यो पूरा युरोपविरुद्ध नै युद्धको घोषणा हो।'

बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नोबिल न्युक्लियर प्लान्टमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । त्यसको सुरक्षाका लागि युक्रेनी नेसनल गार्ड खटाइए पनि रुसले कब्जामा लिइसकेको बताइएको छ । रुसी सेनाको हमलाबाट यसअघि झैं पुनः न्युक्लियर प्लान्ट पुनः विस्फोट हुन सक्ने आकलनहरू गरिएका छन् ।

उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । १९८६ मा ब्लास्ट हुँदा १०० जनाभन्दा कमको मृत्यु भए पनि त्यसकै कारण पछिसम्म स्थानीयको मृत्यु भएको बताइन्छ । सन् १९८६ पछि पनि पटक-पटक दुर्घटना भएपछि चेर्नोबिल न्युक्लियर प्लान्टलाई सन् २००० मा बन्द गरिएको थियो । सन् २०६५ सम्म त्यहाँ रहेको असुरक्षित रेडियोधर्मी पदार्थ हटाइने युक्रेनको तयारी थियो ।

बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका छन् । सरकारले भर्खरै राजधानी किभमा कर्फ्यु घोषणासमेत गरेको छ ।

बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीच मात्रै होइन विश्व राजनीति नै तरंगित भएको छ ।

credit: https://ekantipur.com/

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram